Ads

प्रमाणले दोषी देखिएका कोही पनि कारबाहीको दायराबाहिर रहँदैनन् : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र कमिसनखोरहरूलाई कारबाही आफ्नो प्राथमिकता रहेको बताएका छन् । मङ्गलबार गोरखा आएका उनले प्रेस सेन्टर नेपाल, गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

“तथ्यगत अनुसन्धान गर्ने हाम्रो प्रतिबद्धता हो, त्यसै गरिरहेका पनि छौँ । कोही पनि दोषी कारबाहीको दायराबाहिर रहँदैनन् । हामीले यसलाई प्राथमिकता बनाएका छौँ,” उनले भने । त्यसअघि उनल भने, “सुशासन र विकासलाई पूर्वसर्त बनाएर काम गरिरहेका छौँ । हाम्रो सरकार दृढतापूर्वकरूपमा अगाडि बढेको छ ।

व्यक्तिहरू कुन हैसियतका छन् भन्ने कुराबाट निरपेक्ष रहेर काम गरिरहेका छौँ । यसले सुशासन ल्याउने कुरामा र आममानिसको जीवन फेर्नेगरी समृद्धिको प्रक्रियालाई अगाडि बढाउन काम गरेको छ भन्ने विश्वास हामीलाई छ । तर, यो पर्याप्त छैन । त्यसैले अगाडि बढ्ने क्रममै छौँ ।”

यस्तै उनले आफू सम्बद्ध दल नेकपा माओवादी केन्द्र पुनस् निर्माणरगठनको प्रकिया चाँडै अगाडि बढ्ने बताए । “समाजवादको आधार तयार पार्ने हामीले नै हो, हाम्रो पार्टीले नै हो । तर, यथास्थितिमा सम्भव रहँदैन । त्यसैले हाम्रो पार्टी पुनस् गठनको प्रक्रिया पनि चाँडै थालनी हुनेछ । हाम्रो केन्द्रीय समितिको बैठक साउन १७ गते बस्दैछ । त्यहाँबाट केही बलिया निर्णयहरू हुनेछन्,” उनले भने ।

उनले पार्टी बनाउनेहरूलाई बनाउन पार्टीले काम गर्नुपर्ने बताए । “हिजो पार्टीलाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमहरूले बनाएका हुन् । उनीहरूका लागि हाम्रो पार्टीले पनि केही गर्‍यो, तर त्यो पर्याप्त छैन । अब पुनस् उनीहरूसँग जोडिएर काम गर्नुपर्ने आवश्यकता छ । हिजो उनीहरूले बनाए, अब हामीले बनाउनुपर्छ,” उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू