काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।
सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।
उनले डा. रामशरण महतको विदेशमा खाता देखिएको भन्दै राजीनामा दिएर बसेको स्मरण गर्दै यो अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए ।
“मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ,” उनले भने, “दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न ।”
प्रतिक्रिया दिनुहोस्