काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएर आएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको राष्ट्रिय सभाबाट पनि पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए ।
त्यसलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । अध्यक्ष तिमिल्सिनाले निर्णायर्थ प्रस्तुत गरेको विधेयकमामा ध्वनिमतका आधारमा पारित गरिएको घोषणा गरेका थिए । “हुन्न भन्ने आवाज सुनिएन, तसर्थ ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गदएछु” मिलिस्निाले भने ।
यसअघि राष्ट्रिय सभाको पहिलो बैठकमा प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ बैठकमा टेबुल भएको थियो ।
विधेयक टेबुल गर्नुअघि मन्तव्य दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्को केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको बताएका थिए । अनुचित लेनदेनलाई कानूनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उनले आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने विश्वास दिलाए ।
प्रतिक्रिया दिनुहोस्