Ads

जलविद्युतबाटै सम्भव छ नेपालको उन्नति : सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाटै  सम्भव रहेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई वर्षभित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए । उनले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि  संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताए । उनले ऊर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताए ।

उनले भने, ‘दूरदराजमा आवश्यकताले र क्षमताको अभावमा जनताले विद्युत् उपभोग गर्न पाइ नरहेको ठाउँमा समुदायलाई संगठित गरेर शुरुमा २० प्रतिशत जनताको लगानी गर्नुपर्ने ठाउँमा अनेक कठिानाइ गरेर १० प्रतिशतसम्म जनताको सहयोगमा र बाँकी राज्य र संस्थाको लगानीको हिसावबाट पनि गर्नेगरी दूरदराजलाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका निभाएको छ ।

अझै बाँकी ठाउँमा, बत्ती बाल्न पनि नपाइरहेको ठाउँमा बत्ती कसरी बाल्ने, २ वर्ष भित्रमा सबै अध्याँरो मुक्त देश बनाउने सरकारको तयारीका लागि यस संस्थाको भुमिका महत्वपूर्ण हुने नै छ । नेपालको उन्नति विद्युत हो । सभामुख घिमिरेले थन्किएर बसेका कानुन अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भूमिका महत्वपूर्ण रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू