Ads

कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन सभामुखलाई राजीनामा गराइने !


काठमाडौं । कोशी प्रदेशमा सत्ता संकट आएसँगै कोठमाडौंको प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूबीच कोशी प्रदेशको सत्ता संकटका साथै देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा कोशी प्रदेशका सभामुख बाबुरा गौतमलाई राजीनामा गराउने विषयका विकल्पमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार मनोहरि तिमल्सिनाका अनुसार आज कोसी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलालगायतको सहभागिता रहेको छ । प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमण गरी फर्किएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

सर्वोच्च अदालतले कोसी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ भने प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न साउन १६ गते साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू