काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले पार्टीका सम्पूर्ण विभाग, भ्रातृ तथा शुभेच्छुक संस्थालाई भदौ १५ सम्म पूर्णता दिने निर्णय गरे पनि पूर्ण कार्यान्वयन नहुने भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले भदौ १५ सम्म सबै विभाग, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने निर्णय गरे पनि संयोजक मात्रै तोक्ने गरी तयारी गरिएको छ । सभापति शेरबहादुर देउवासहित केही पदाधिकारीबीच संयोजक तोक्ने गरी अनौपचारिक छलफल भएको छ । विभागमा केन्द्रीय सदस्यलाई संयोजक तोक्ने तयारी छ ।
केन्द्रीय समिति बैठकले २२ वटा विभाग थप गरेसँगै कांग्रेसमा विभागको संख्या ७० पुगेको छ । सबै विभाग, भ्रातृ तथा सुभेच्छुक संस्थाले पूर्णता पाउँदा हजारौं नेता कार्यकर्ताले जिम्मेवारी पाउने छन् ।
कांग्रेसको १४ औं महाधिवेशन सकिएको डेढ वर्ष पुग्दा पनि विभाग अलपत्र जस्तै छन् । पार्टीका पदाधिकारीले नै सभापतिले विधान उल्लंघन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्