काठमाडाैँ । जनमत पार्टीका बिना विभागीय दुई मन्त्रीले राजीनामा दिएका छन् ।
मधेश प्रदेशका एक मन्त्री र अर्का राज्यमन्त्रीले राजीनामा दिएका हुन् । मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुमार कुशवाहा र राज्यमन्त्री संजय कुमार यादवले पार्टीको निर्देशनमा मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
जनमत पार्टीका संसदीय दलका नेता महेश यादवका अनुसार दुबैजनाको स्थानमा चन्दन सिंह र मन्जु खणलाई पठाइने छ।
मुख्यमन्त्री सरोजकुमार यादवसँगै बिना विभागीयमन्त्रीको रूपमा सपथ लिएका कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको थियो तर गठबन्धन दल फेरिएपछि पुन: मन्त्रिमण्डल विस्तार हुँदा उनलाई विना विभागीय गरिएको थियो।
आज मन्त्रीपरिषद् बिस्तार हुन लाग्दा मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्