काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध सत्ता गठबन्धनले महाभियोग लगाएपछि एमालेले संसदीय दलको बैठक बोलाएको थियो ।
बैठकमा एमालेले जबरामाथि लगाएको महाभियोग निर्वाचन सार्ने खेलका रुपमा भएको निस्कर्ष निकालेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठक सकिएपछि प्रतिक्रिया दिदै भट्टराइले भने ‘सत्ता गठबन्धनले प्रधानन्यायाधीश माथि महाभियोग लगाउनुको कारण निर्वाचन सार्ने खेल हो । लोकतन्त्र माथिको हमला हो र एमसीसी पारित गर्नलाइ हो ।’
एमालेले चोलेन्द्र शमशेर बोक्यो भन्ने कुरा सत्य नभएको पनि प्रष्टिकरण दिए । एमालेले चोलेन्द्रशमशेरलाई बोकेको नबोकेको दाबी गरे । उनले भने ,‘हामी व्यक्ति चोलेन्द्रको पक्षमा छैनौ । हामी त पुरा सिस्टमामाथि भएको हमलाको विरोधमा छौ । जुन दिन चोलेन्द्रको नेतृत्वमा परमादेश जारी भयो । त्यहि दिनबाट अदालत विथोलियो ।’
एमाले चोलेन्द्रप्रति सकारात्मक नभएको स्पष्ट पादै भने, ‘उनका धेरै कमिकमजोरी छन् । धेरै किसमका चार्ज लागेका छन् ।’
सत्ता गठबन्धनले अदालतलाई गिजोलेको आरोप पनि भट्टराईले लगाए ।
सरकारले एमसीसी पास गर्ने रणनीति अपनाएको पनि बताए । उनले भने, ‘अदालतलाई गिजोलिरहने । निर्वाचन टार्ने र एमसीसी पास गर्ने योजनामा सरकार रहेको छ ।’
प्रतिक्रिया दिनुहोस्