Ads

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि


काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखिसकेका छन् ।

शनिबारको बैठकमा वर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ-आफ्नो धारणा राखेका थिए । मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्यगरी बैठकमा छलफल भइरहेका छन्।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू