काठमाडाैं । आज राष्ट्रिय सभाकाे बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ वानेश्वरमा बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्याेहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ।
विधायन व्यवस्थापन समितिको सभापति जयन्तीदेवी राईले संविधान अनुसार ‘बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्