Ads

प्रधानमन्त्री पुष्पकमल दाहाल र साउदीका राजदूत बीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न आज राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा दुईबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू