काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार साेमबार बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको हो ।
साेमबार दिउँसो १ बजे बैठक बस्न नसकेपछि दिउँसो ४ बजेका लागि सारिएको थियो । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताए।
प्रमुख प्रतिपक्षी दल एमालेले सय केजी सुन तस्करी प्रकरणमा छानबीनका लागि उच्चस्तरिय छानबीन समिति गठनकाे माग राख्दै नियमितरुपमा संसद अवराेध गरिरहेकाे छ । जसले गर्दा नियमित कामकारबाहीहरु ठप्प भएका छन् ।
प्रतिक्रिया दिनुहोस्