काठमाडौं । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन नभएर समयावधी सकिएका सबै भ्रातृ संस्थाहरूका कार्यसमिति विघटन गर्ने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।
योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् ।
बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधानसमेत पारित गरेको छ । विधान पारित भएसँगै नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागु भएको छ । त्यस्तै तरुण दलमा ४५ वर्षको उमेर हद लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्