काठमाडौं । सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ । संवैधानिक परिषद्बाट भावी प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठले आज आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका हुन् ।
श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा दोश्रो वरियतामा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा रहेका छन् भने तेश्रोमा डा. आनन्दमोहन भट्टराई रहेका छन् ।
त्यसैगरी, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत क्रमश चौथो र पाँचौं बरियतामा रहेका छन् । आजको इजलासमा २२ रिट पेसीमा चढेका छन् ।
प्रतिक्रिया दिनुहोस्