काठमाडौं । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिन सत्तापक्षले संसद्मा दादागिरी देखाएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसदले उठेर विरोध गर्नु दादागिरी भएको बताए ।
उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरूले उठेर विरोध गर्नु दादागिरी भएको बताए। उनले सत्तापक्षले नै दादागिरी देखाएर संसद चलाउन नचाहेको उनको भनाइ थियो।
प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको भन्दै उनले आपत्ति जनाए। सचेतक बर्तौलाले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढिरहेको अरोप लगाए।
प्रतिक्रिया दिनुहोस्