Ads

एमालेले संसदमा विरोध जारी राख्ने, कार्यव्यवस्था बैठकमा नजाने


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ ।

एमाले प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने जनाएको छ ।

आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने जानकारी दिए ।

भट्टराईले भने, ‘हामीले उठाउँदै आएको विषय सभामुखले सम्बोधन गर्नु भएन । यहि कारण कार्यव्यवस्थामा उपस्थित हुदैनौं। एमालेले पटकपटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन भएन अब किन बैठकमा जानु।’

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले संसदमा विरोध गदै आएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू