Ads

समाजवादीकी नेतृ तुलाधर एमालेमा प्रवेश


काठमाडौं । नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमालेमा प्रवेश गरेकी छन् । शनिबार बिहान बालकोटमा एमाले अध्यक्ष केपीशर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

पछिल्लो समयमा एकीकृत समाजवादीबाट नेता तथा कार्यकर्ता एमालेमा फर्किन थालेका छन् । पार्टी र आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न चिह्न खडा गर्दै पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले नै पार्टी परित्याग गरी पुरानै दल नेकपा एमालेमा फर्कने लहर चलेको हो ।

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षसहित ३० जना केन्द्रीय सदस्य र १३ जिल्लाभन्दा बढीका जिल्ला अध्यक्ष पुनस् एमालेमै समाहित भएका छन् । एमालेबाट छुट्टिएर एक वर्षअघि पार्टी गठन गरेका नेपालले नयाँ पार्टी बनाउनुपर्नेमा नेता कार्यकर्तालाई ओचित्य पुष्टि नगरी समाजवादी मोर्चामार्फत माओवादीमा मिलाउन लागिएको भन्दै असन्तुष्टि बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू