काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकमा महामन्त्री, उपसभापति र सभापतिले आ–आफ्नो धारणा राख्ने र बैठक सम्पन्न हुनेछ ।
कांग्रेस संसदीय दलको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन ल्होत्से हल बानेश्वरमा पुनः बस्दैछ । आइतवारको बैठकमा ३० सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकले सांसद सुनिल शर्मा पक्राउ प्रकरण, सुन तस्करी प्रकरणको छानबिनदेखि सरकारको कामकारवाहीका विषयमा धारणा प्रस्ट पार्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्