Ads

निवर्तमान मन्त्री मोदीले पत्रकार सम्मेलन गर्दै


काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजो मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन ।

जनमत पार्टीकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिईरहदाँ मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन । पत्रकार सम्मेलन बिहान १० बजे हुने निवर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू