Ads

ललिता निवास जग्गा प्रकरण : दुई जनालाई थुना बाहिर रहने गरी छाडियो


काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जनालाई थुना बाहिर रहने गरी छाडिएको छ।

उक्त प्रकरणमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई उपचारका लागि थुना बाहिर रहने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने “स्वास्थ्यका कारण उहाँहरूलाई मुद्दा बुझाउने दिन पेस गर्ने गरी उपचारका लागि थुना बाहिर रहने गरी बुधबार छाडिएको हो ।”

Ads

सम्बन्धित पोष्टहरू