काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार रामेछापको दोरम्बा पुगेका छन् ।
२०६० साल साउन ३२ गते दोरम्बामा तत्कालीन विद्रोही माओवादीका २१ जना कार्यकर्ताको हत्या भएको थियो ।
सोही घटनाको २० औं स्मृति दिवसमा सहभागी हुन प्रचण्डसहितका माओवादी नेताहरू दोरम्बा पुगेका हुन् । माओवादी उपमहासचिव जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायतका नेता कार्यक्रममा सहभागी भएका छन् ।
प्रचण्डसँग पीडितहरूले दोषिमाथि कारवाहीको माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्