काठमाडौं । पोखरामा विद्यालय जान पोशाक लगाएर हिडेपछि सम्पर्कबिहीन भएका तीन बालिका मध्ये दुईजनालाई काठमाडौंमा फेला पारिएको छ । प्रहरीका अनुसार साउन १९ गतेदेखि सम्पर्कविहीन २ बालिकालाई काठमाडौंमा फेला पारिएको हो ।
हराइरहकामध्ये पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी बस्ने १४ वर्षीया मनिका परियार र १४ वर्षीया राधिका परियार काठमाडौँबाट सम्पर्कमा आएको प्रहरीको भनाइ रहेको छ ।
मोबाइल लोकेसनका आधारमा उनीहरू काठमाडौंमा भेटिएका हुन् । १३ वर्षीया एलिसा परियार भने अझै सम्पर्कविहीन छिन् । गत साउन १९ गते विद्यालय हिँडेका ३ बालिका परिवारको सम्पर्कमा थिएनन् ।
एलिसाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । भेटिएका दुवै जनाले परिवारलाई सम्पर्क गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्