Ads

कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ: नेता सिंह


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

२०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेकाले कांग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने उनले बताए । पार्टीलाई विधि अनुसार चलाउन अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले सकारात्मक सन्देश नागरिकहरूमा बाँड्नुपर्ने बताए । कांग्रेस अहिले पनि कमजोर नभएको दाबी गर्दै उनले केही सुधार भने गर्नुपर्ने भनाइ राखेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू