काठमाडौं । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनेगरी कार्यसूची राखिएको प्रदेशसभाको बैठक सुरु भएको हो । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश समेत गरेका छन् ।
९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि काग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, काग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा सञ्चालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् ।
सत्ता गठबन्धनले सभाध्यक्षका रुपमा मन्सुरी रहने भएपछि उनको तर्फबाट निर्णायक मत लिएर बहुमत पुर्याउने रणनीति लिएको छ । एमालेले भने त्यसो गरिए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्