काठमाडाैँ । कोसी प्रदेशसभामा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानुनको हुर्मत नलिन सत्ता गठबन्धनलाई आग्रह गरेका छन् ।
उनले विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिंदै उनले एमालेले यसलाई सामान्य रूपमा नलिने बताए ।
उनले उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई विश्वासकाे मत लिने सम्पूर्ण व्यवस्था मिलाएर स्वास्थ्याेपचारका लागि काठमाडाैंस्थित गंगालाल हृदय राेग प्रतिष्ठानमा भर्ना भएकाे अवस्थामा कसैकाे स्वास्थ्य संवेदनशीलता प्रति प्रश्न उठाउनु उपयुक्त नभएकाे भन्दै प्रश्न उठाए ।
छलफलमा माओवादीका नेता इन्द्रबहादुर आङ्बाे र नेकपा एसका नेता राजेन्द्रकुमार राईले उपसभामुख दनुवारले बिरामी भएकाे नाटक मञ्चन गरेकाे भन्दै प्रश्न उठाएका थिए । उनीहरूले संविधानकाे धारा १८६ मा विधेयकमाथिकाे प्रस्तावमा मात्रै सभाकाे अध्यक्षता गर्नेले निर्णायक मत दिन पाउने भएकाे र अहिले धारा १८८ अनुसार विश्वासकाे मत लिनेमा सभाकाे अध्यक्षले मतदान गर्न सक्ने व्यवस्था रहेकाे बताएका थिए ।
मुख्यमन्त्री थापाले प्रदेशमा स्थिर सरकार नभएकाे अवस्थामा र आफूले विश्वासकाे मत नपाउँदा प्रदेश मध्यावधि चुनावकाे विकल्प नभएकाले त्यसबाट जाेगाउन सभाकाे ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्