काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतको जनसम्पर्क सल्लाहकारमा तिलकराज भण्डारी नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रहेका भण्डारीलाई मन्त्री बस्नेतले सोमबार नियुक्त गरेको सचिवालयले जनाएको छ ।
जनयुद्धकाल देखी विद्यार्थी राजनितीमा सक्रिय भण्डारीले देशका विभिन्न भुगोलमा रहेर काम गरेका छन् ।
अखिल(क्रान्तिकारी) का पुर्व उपाध्यक्ष भण्डारी माओवादी केन्द्रको युवा तथा खेलकुद विभाग सदस्यको जिम्मेवारीमा छन ।
भण्डारीले त्रिभुवन विश्व विद्यालयबाट मानविकी शास्त्रमा स्नातकोत्तर स्नातकोत्तर गरेका छन् ।
साथै कानुनी संकायमा एल.एल. बि गरेका छन ।भण्डारी अधिवक्तासमेत हुन ।
प्रतिक्रिया दिनुहोस्