Ads

सर्वदलीय बैठक आज बिहान ११ बजे बस्ने


काठमाडौँ ।  समय अभावका कारण मंगलबारका लागि बोलाइएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले  बैठक आज बस्ने गरी तय भएको जानकारी दिए ।

‘आज प्रधानमन्त्री र सभामुखज्यूबीच पनि टेलिफोन कुराकारी भयो । प्रधानन्यायधीशको शपथलगायतका कारणले आजको संसद बैठक र सर्वदलीय बैठक स्थगित गर्ने कुरा भएको हो ।’ उनले भने, ‘समय लिएरै छलफल गरौं भन्ने भएर सर्वदलीय बैठक भोलिका लागि सारिएको छ । बैठक ११ बजे यही सिंहदरबारमा बस्छ ।’ नेम्वाङले मंगलबार भने ।

नेता ‍नेम्वाङले मंगलबारको कार्यदल बैठकसमेत सकारात्मक रुपमा सकिएको बताए । उनले भने, ‘बैठक सकारात्मक छ । समय अभावका कारण मात्रै आज संसद बैठक स्थगित गरिएको हो ।’ समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू