Ads

कोशी प्रदेशसभा विवादसम्बन्धी रिटमा आज सुनुवाइ हुने


काठमाडौँ । उद्वव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ । नेकपा एमाले काेशीका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बुधबार दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालत पुगेको थियो ।

कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री  उद्वव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयविरुद्धमा मुद्दा दर्ता गराएका थिए ।

रिट निवेदनमा गैर–संवैधानिकरूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री थापाको विश्वासको मत बदर गरी ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेतको माग गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट आजकाे पेसीमा चढेको छ ।सर्वोच्चले अन्तरिम आदेश दिएमा कोशी प्रदेश सरकार फेरि पनि काम चलाउ बन्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू