Ads

मुख्यमन्त्री थापाको न्यायाधीश खतिवडाको इजलासमा सुनुवाई हुँदै


काठमाडौं । काठमाडौं कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रियाका विरुद्धमा परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।

साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएर भदौ ४ गते विश्वासको मत लिँदा सभा मुखको दुरुपयोग गरेकोले उनलाई तत्काल बखास्त गरी आफूलाई ठूलो दलको नेताको ररुपमा मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिरसहित नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा तोकिएको हो ।

आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसहित कार्कीले बुधबाररिट निवेदन दर्ता गराएका थिए । सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको दाबी कार्कीको छ । न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाई गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू