Ads

प्रतिनिधि सभामा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने


काठमाडौं । भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिए ।

प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन् । सभामुख घिमिरेका अनुसार यस पटक समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउनेछन् ।

प्रश्न सोध्न चाहने सांसदलाई भदौ ८ गते दिउँसो ३ बजेभित्र प्रतिनिधिसभाका सचिवलाई सूचना दिन सभामुख घिमिरेले आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते विहान ११ बजेका लागि बोलाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू