Ads

यती, ओम्नी, गिरीबन्धुको भ्रष्टाचार छानबिन गर्न ओलीको चुनौती


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समेत नाम जोडेर आएका भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एमाले जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले कमिसनका लागि पछि कुद्ने पार्टी नभएको दाबी गरे ।

‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

‘अहिले चिया बगान निस्किएको छ गर न छानबिन’, उनले भने, ‘बिना कानुन ५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो । कमिसन आएन त्यसको छानबिन गर ।’

उनले गिरीबन्धु टिस्टेटका लागि कानुन बनाइदिएको दाबी समेत गरे । कानुन बनाउँदा कसैले कमिसन खान्छ ? भन्दै प्रश्न गर्दै ओलीले भने, ‘एमाले कमिसनका पछाडि कुद्ने पार्टी होइन । महान् उद्देश्यका पछाडि हिँड्ने पार्टी हो । ओम्नी अरे मैले पत्रिका पढेर थाहा पाएको के हो ? ओम्नी ? मैले देखेको पनि छैन ।’

Ads

सम्बन्धित पोष्टहरू