काठमाडौं । नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा एमाले महासचिव शंकर पोखरेल नेतत्वको टोली अर्को साता गोञ्जाउ हुँदै चीनको राजधानी बेइजिङ जाने भएको हो।
स्रोतका अनुसार एमाले नेताहरू आइतबार बेइजिङ प्रस्थान गर्नेछन्।
महासचिव पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग छलफल गर्ने एमालेका एक नेताले बताए। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले एमाले प्रतिनिधि मण्डललाई चीन भ्रमणको निम्तो दिएको हो। ‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महासचिव नेतृत्वको उच्चस्तरीय टोली चीन जाँदैछ,’ एमालेका ती नेताले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीले एमालेको उच्च तहको प्रतिनिधि मण्डललाई समेत चीन भ्रमणमा बोलाएको हो।
प्रतिक्रिया दिनुहोस्