काठमाडाैँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड नेपाल आइपुगेका छन् ।
उपाध्यक्ष अलफोर्ड मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न उपाध्यक्ष अलफोर्ड नेपाल आएका हुन् । एमसीसी परियोजनाको भोलि (बुधबार) बाट औपचारिक रूपमा कार्यान्वयन सुरु हुँदैछ ।
क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने पनि कार्यक्रम छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक नेताहरूलाई भेट गर्ने र १५ भदौमा अमेरिका फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्