Ads

समाजवादी मोर्चाले आज धनगढीमा सभा गर्दै


धनगढी । चार दलीय समाजवादी मोर्चाको बुधबार धनगढीमा सभा हुने भएको छ । सन्देश सभाको नाममा मोर्चाले सातै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, जसपा र नेकपा रहेका छन् ।

मार्चाले यसअघि नै ८ गते वीरगंजमा, १२ गते बुटवलमा घोषणासभा गरिसकेको छ । यस्तै  १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटगनरमा घोषणासभा गर्ने तय गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू