कैलाली । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ । माओवादी केन्द्रका नेता खगराज भट्टले आज हुने भनिएको कार्यक्रम स्थगित भएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रम कहिले गर्ने भन्ने टुङ्गो लागि नसकेको नेता भट्टले जानकारी दिए । मोर्चाले हिजो लुम्बिनी प्रदेशमा सन्देश सभा आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्