काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा आबद्ध दल नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मोर्चा र माओवादी केन्द्रसँग समेत सहकार्य तोड्नेसम्मको चेतावनी दिएका हुन् ।
प्रचण्डलाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने बताएको नेकपाका नेता अनिल शर्माले जानकारी दिए ।
नेता शर्माका अनुसार विप्लवले एमसीसी यथास्थितीमा कार्यान्वयनमा गए माओवादी केन्द्रसँग सहकार्य हुन नसक्ने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्