Ads

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट आज सुनुवाइ नहुने


काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटमाथि आज सुनुवाइ नहुने भएको छ।

रिटको सुनुवाइका लागि न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशी तोकिएको थियो।

तर,भदौ ७ गते सो रिटमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासले गरेको थियो।

न्यायाधीश खतिवडाले रिटको प्रारम्भिक सुनुवाइ आफ्नै इजलासले गरेकाले पूर्णसुनुवाइका लागि आफूले सो मुद्दा हेर्न नमिल्ने बताएपछि सुनुवाइ नभएको हो।

न्यायाधीश खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागुन्जेलसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

कोसीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू