काठमाडौं । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरि लाभ लिन सक्नुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरि लाभ लिन सक्नुपर्ने बताएका हुन् ।
घिमिरेले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने रु भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । उनले भने, ‘आज विश्वका शक्ति राष्ट्रहरू युएसएले एमसीसी लगायतका कार्यक्रमहरू बिस्तार गरेर नेपाल जस्ता पछि परेका मुलुकहरूलाई सहयोग गर्ने कोशिश गरिरहेको छ ।
त्यसरी नै बीआरआई प्रोग्राम अन्तर्गत जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढंगबाट चीनले प्रोग्रामहरू लिएर आइरहेको छ । नेपालले यी दुई वटै प्रोग्रामबाट नेपाली जनताको हितमा कसरी जाने ? नेपाल राष्ट्रका राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी लिनसक्छ ? यो एउटा प्रतिस्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ ।
एमसीसीको बारेमा धेरै चर्चाहरू चलिरहेका छन्, बीआरआईको बारेमा त्यस हिसाबको चर्चा नचलेपनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनताकोहितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ ।’घिमिरेले एमसीसीको बारेमा धेरै चर्चाहरू चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताकोहितमा प्रयोग गर्न आग्रह गरे ।
उनले भौगोलिक बिकटताका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए । उनले नेपाललाई वाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताए । सभामुख घिमिरेले राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्