Ads

जनताको हित हुने गरी एमसिसी र बीआरआइबाट लाभ लिनुपर्छ :सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआइलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताएका छन् । ‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा उनले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताए ।

सभामुख घिमिरेले छिमेकी राष्ट्रहरुले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । अमेरिकी आर्थिक सहयोग परियोजना ९एमसीसी० र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’९बीआरआई० कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सभामुख घिमिरेले भने– “ठुला राष्ट्रहरुको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकाश र जनताको अत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ ।” नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने रु राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यानदिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताए ।

Ads

सम्बन्धित पोष्टहरू