काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न आज प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुृन् ।
सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको बुझिएको छ । सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्