Ads

सरकारलाई तोर्मा र कुम्मकर्ण भन्दै ईन्द्रसरोवर संरक्षण गर्न वर्तौलाको माग


काठमाडौ\ नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरको इन्द्रसरोवर तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । सरकार कुम्भकर्ण निन्द्रामा परेको टिप्पणी गर्दै बर्तौलाले ईन्द्रसरोवर तालबाट १०४ मेघावाट विजुली उत्पादन हुने वताउदै तालको संरक्षण गर्न नसके निकट भविश्यमा नै आयामेजना खतरामा पर्न सक्ने समेत जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले तालमा ८५ लाख घनमिटर पानी अटाउने क्षमता रहेको उल्लेख गर्दै अहिले तालमा ६२ लाख घनमिटर पानी रहेको र बाँकी करिव २३ लाख घनमिटरमा हिलोमाटो, बगर थुप्रिएको बताए ।
सरकारले विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न नसकेको समेत उनको भनाई छ ।
उनले भने ‘ यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुख ज्यू । आईया पनि छैन आत्था पनि छैन् । विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न सकेको छैन् । सरकारलाइ त्यस्को कुनै चासो छैन । कुम्भकर्ण निन्द्रामा प¥यो ।’

Ads

सम्बन्धित पोष्टहरू