Ads

एमाले लुम्बिनी अधिवेशन : नेतृत्वका लागि मतदान हुँदै


काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेशमा नेतृत्व चयनका लागि मतदान हुँदैछ । भदौ १६ गतेदेखि बुटवलका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ। अहिले मतदानका लागि तयारी भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू