काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री र काठमाडौंका मेयर बालेन शाहको अभिव्यक्तिले अराजकता फैलाइरहेको टिप्पणी गरेका छन्।
नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अराजकताले देश नचल्ने बताए।
नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताए ।
‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुरालाई गम्भीर रूपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ,’ उनले भने ।
कोइरालाले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए । उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिन सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्