Ads

सरकारमा भएका क्रान्तिकारीका कार्यकर्ताले प्रहरी कुटे र सडक भत्काए : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा भएका क्रान्तिकारी दलका कार्यकर्ताले आन्दोलनमा प्रहरी कुटेको र सडक भत्काएको बताएका छन् । उनले सरकारमा भएका दलहरुले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
सोमबार कालु पाण्डेको समाधीस्थलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै ओलीले यस्तो बताएका हुन् ।

ओलीले सत्ताधारी गठबन्धनले नै कार्यकर्तालाई सडकमा प्रहरीलाई ढुंगा हान्न लगाएको आरोप लगाए। सडक भत्काएको र प्रहरीमाथि ढुंगा हानेकोप्रति उनले आपत्ति जनाएका छन् । धेरै खर्च लगाएर बनाइएका सडक उनीहरूले भत्काएको भन्दै उनले प्रदर्शनकारीको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए ।

आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए ।

सरकारमा भएका दलहरूले एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा पनि विरोध गर्ने भन्दै दोहोरो चरित्र देखाएको उनको आरोप थियो ।

गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले भने, ‘एकथरीलाई सडकमा जाउ भन्ने अर्को थरीलाई सदनमा आउ भन्ने । एमसीसी आफैं टेलब गर्ने आफैं विरोध गर्ने । सत्तारुढ गुट देशप्रति जिम्मेवार बनेकोको छैन । एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा नारा लगाउन पठाउने ।’

उनले आइतबार नयाँ बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेको बताएका थिए । साथै प्रहरीमाथि प्रदर्शनकारीको एकोहोरो प्रहार भएको भन्दै त्यसप्रति ओलीले आपत्ति जनाएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू