Ads

भ्रष्टाचारको अन्त्य नगरी सुशासन सम्भव छैन: गृहमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो शर्त सुशासन भएको बताएका छन् ।  ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको बताए ।

उनले भने, ‘भ्रष्टाचार, तस्करी, कमिसनखोर, कानूनको उल्लंघन गर्नेहरूलाई दण्डित गरेर नेपालमा शान्ति सुरक्षाको व्यवस्था नगरेसम्म विकास र समृद्धिले फड्को मार्ने सम्भावना भएन । अहिलेको सरकारले समृद्धिको अभियानको लागि भ्रष्टाचारविरोधी अभियान अगाडि बढाएको छ।’

सुशासन विरोधी अभियानलाई जनताका समर्थन गरेको समेत बताए । उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, फेरि तैँ चुप मैचुप होस्, जस्तो पहिला थियो अहिले त्यस्तै यथास्थिति कायम होस् । पद मात्रै खाएर बसिराखोस् नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन् । म कबुल गर्न चाहन्छु। हामी विश्राम लिनेछैनौँ । सुशासनको अभियानलाई जारी राख्नेछौँ ।’

Ads

सम्बन्धित पोष्टहरू