Ads

एमाले मुख्यालयबाट बालुवाटार लगियाे नेम्वाङकाे पार्थिव शरीर


काठमाडाैँ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयबाट उनको निजी निवास बालुवाटार लगिएको छ ।

च्यासलस्थित पार्टी कार्यालयमा हिजोदेखि नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो, जहाँ प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति तथा नेता कार्यकर्ता र शुभेच्छुले श्रद्धाञ्जली दिएका थिए ।

अब उनको शव श्रद्धाञ्जलीका लागि निवासमा राखिने र भोलि अन्तिम संस्कार गरिने छ । नेम्वाङका दुई छोरा विदेशबाट फर्किन समय लाग्ने भएका कारण भोलिमात्रै अन्तिम संस्कार गर्न लागिएको हो ।

हाल जेठा छोरा मिङ्सो नेम्वाङ युकेबाट र कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट काठमाडौं आइसकेका छन् । उनीहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् ।

सरकारले भोलि राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू