Ads

राजधानीमा राप्रपाको विरोध प्रदर्शन (फोटोफिचर)


काठमाडौं । काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

गौवंश हत्याको विरोधका साथसाथै हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले काठमाडौंको भृकुटिमण्डपबाट शान्तिबाटीकासम्म विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो ।

उनीहरूले गौहत्या बन्द गर,हिन्दुराष्ट्र कायम गर, गणतन्त्र खारेज, विदेशी दलाल होसियारलगातका नारा लगाएका थिए । हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दबाब दिन पनि विरोध प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,बरिष्ठ नेता डा. प्रकाश चन्द्र लोहनीलगायतका शीर्ष नेताहरू पनि सहभागी भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू