काठमाडाैं । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सम्बन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन्।
साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्याेहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् ।
जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि निर्वाचन क्षेत्र इलाम-१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्वाङकाे गत मंगलबार निधन भएकाे थियाे भने हिजाेकाे बैठकले शाेक प्रस्ताव पारित गरेकाे थियाे ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्