Ads

‘सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ’ : मन्त्री किराती


इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै  जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले  जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताए ।

उनले गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए ।  भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू