Ads

आज प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आज सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा नेपालको तर्फबाट धारणा राख्ने भएका छन् ।

महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासनप्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायत विभिन्न विषयमा जानकारी गराउनेछन् ।

नेपालले यसपालिको महासभामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ देशको प्रतिनिधित्व गर्द  साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणा राखेको छ ।

Ads

सम्बन्धित पोष्टहरू